Simta
Simta
lekbesi

संसदमा वनमन्त्रिको राजिनामा माग ,

Gurvakot

फागुन २३ ,काठमान्डौ – संसदमा प्रधानमन्त्री ओली र वनमन्त्री शक्ति बहादुर वस्नेतको राजिनामा माग गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताउदै उनले भ्रष्टाचारी भाइरसले देशको मुटु, फोक्सो, कलेजो र नसामा पसेर आम जनताको रगत र पसिना चुसेकोमा चिन्ता लागेको बताए ।

lekbesi

प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरे । तेस्तै सांसद दिल कुमारीले वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरेकी छिन् ।

राजतन्त्र सकीएपनि मन्त्रालयमा राणाशासन रहेको भन्दै वनमन्त्रालयमा आफुलाई दुर्व्र्यवहार भएको बताईन।

उनले मन्त्रीको स्वकीय सचिव र कर्मचारीले समानुपातिक कि प्रत्यक्ष निर्वाचित भनेर प्रश्न गरेको गुनासो गरेको दिल कुमारीले बताइन् ।

वनमन्त्रिका स्वकीय सचिव धिरज उप्रेतीले हदैसम्मको अपमान गरेको बताइन् । तेस्तै सेक्युरिटी प्रिटिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारवाही गर्न नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले माग गरेकी छिन् ।

प्रधानमन्त्रीको आत्मविश्वासले रोगलाई जित्न सकेपनि भ्रस्टाचारलाई जित्न नसकेको बताईन ।

Simta