आफुले भनेको ठाँउमा कर्मचारी सरुवा नगरेको भन्दै सांसद दिलकुमारीले वन मन्त्रि बस्नेतको राजिनामा मागिन ,
शाहले मन्त्रालयको सचिवालयलाई गालि गर्दै झरेकी थिइन् ,
फागुन २३ ,काठमान्डौ – शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दिलकुमारी शाहले वन मन्त्रि शक्ति बहादुर बस्नेतको राजिनामा संसदमा उठाएको कुरालाई वन मन्त्रालयको सचिवालयले खण्डन गरेको छ ।
सांसद दिलकुमारी शाहले आफुले भनेको कर्मचारीलाई सरुवा वन मन्त्रिले नगर्दा संसदमा रिस पोखेको सचिवालयले बताएको छ ।
कर्मचारी सरुवाको लागि शाहले केहि महिना अगाडी वन मन्त्रि शक्ति बहादुर बस्नेत संग भेटघाटसमेत गरेकी थिइन् ।
आफुले भनेको ठांउमा जसरिनि सरुवा गर्न माग राखेपछि स्वकीय धिरज उपरकोटीले मन्त्रालयको निजि सचिवालय गणेश शाही संग शाहलाई भेटघाट गराईदिएका थिए ।
सरुवाको कुरा अगाडी बढेपनि सांसद शाहले भनेको समयमा सरुवा नगरेको भन्दै फोन गरेर धिरज उपरकोटीलाई टचरसम्म दिएकि थिइन् ।
सरुवाको एकचरण सकेर फेरी काजमा वा सरुवा गर्ने भन्ने छलफल चलिरहदा करिब दुई हप्ता गाडी सांसद शाह मन्त्रालयमा पुगेर रिसाएर मन्त्रि खै ? मलाई तुरुन्त भेटाउनु पर्यो भनेर दबाब दिएकि थिइन् ।
उक्त समयमा मन्त्रि जिलाका माननीयहरु संग भेटघाटमा रहेको र केहि समय वैइटिङ्गमा बस्नुस भन्दासमेत उनले नमानेर मलाई अहिलेनै चाहियो भनेर जबर्जस्ति ढोका खोलेर समेत भित्र प्रवेस गरेकी थिइन् ।
तेती मात्र नभई मन्त्रालयको वैटिङ्ग हलमा बसेका आगन्तुक समेतलाई डिस्टर्ब हुने गरि हो हल्ला समेत गरेको सचिवालयले जनाएको छ ।उनले सचिवालयलाई समेत भनेको काम नगरे भनेर गालीसमेत गरेकी थिइन् ।
उक्त समयमा स्वकीय धिरज उपरकोटीले जिलाका पार्टीका नेताहरुसंग विकास निर्माणमा सम्बन्धित गुनासो सुनिरहेको र छलफल चलिरहेको बेला शाह कराउँदा मन्त्रालयमा बसेका अन्य आगन्तुक समेत दङ्ग परेका थिए ।
सांसद शाहलाई धिरजले दिदि बस्नुस म जसरि नि गर्छु भन्दापनि अपमान ढंगले रिस पोखेर गालि गर्दै मन्त्रालयबाट बाहिरिएको सचिवालयले जनाएको छ ।शाहले देखाएको हर्कतमा सचिवालय भने केहि पनि बोलेन र आफ्नो अनुसाशनमा रह्यो ।
तेसैको फाईदा उठाएर सांसद शाहले आजको प्रतिनिधिसभा बैठकमा वन मन्त्रिको राजिनामा माग गरेको र उनका स्वकीय धिरज उपरकोटीले आफ़ुनाथि हदैसम्मको गरेको भन्दै आक्रोस पोखेको सचिवालयले बताएको छ ।
विभिनन जिल्लाबाट मन्त्रिलाई भेट्न हप्तौबाट माननीय देखि सर्वसाधारणले समय फिक्स गरेका हुन्छन।
उक्त कुरा भुलेर सांसद शाहले भनेकै बेला मन्त्रि चहियो र कर्मचारी भनेको ठाँउमा सरुवा हुनुपर्यो भन्ने एक गैरजिम्मेवारी र लजास्पद मानिन्छ ।
वनमन्त्रालयको सचिवालयले आज सम्म कसैको अपमान नगरेको र आफ्नो जिम्मेवारीलाई सम्झेर काम गरिरहेको भोलिको दिनमापनि कसै प्रति पूर्वाग्रह नराख्ने बताएको छ ।
आफ्नो स्वार्थको लागि शाहले आज संसदमा मन्त्रि बस्नेत र स्वकीय धिरज उपरकोटीलाई राजतन्त्र नभएपनि मन्त्रालयमा राणाशाशनको संज्ञा दिएकि थिइन् ।