असिना पानीले सुर्खेतको गुर्भाकोट ३ मा अन्नबाली ,फलफुल नस्ट ,
फागुन २३ ,काठमान्डौ – आज बिहानैदेखि परेको असिना पानीले कर्णाली प्रदेश
सुर्खेतको गुर्भाकोट नगरपालिका ३ डोबमा गहुबालिलाई क्षति पुर्याएको छ ।
गुर्भाकोट ३ मा असिनापानीबाट नन्बाली गहु ,जौ लगायत केराउ ,चना फलफुल केरा लगायतमा क्षति पुगेको सरस्वती प्राविका सिक्षक हिरालाल खत्रीले रंग दर्पणलाई जानकारी गराए ।
किसानले उब्जनी गरेको अन्नबाली असिना पानि र हावाहुरीले क्षति पुर्याउनुको साथै ढाल्ने गरेपछि किसान चिन्तितमा रहेको पनि उनले बताए ।
गहु ,केराउ चनाले फल लगाउने समयमा असिना परेपछि बोट अगाडी नबढ्ने र फल नलाग्ने गरेको किसानको गुनासो छ ।
गुर्भाकोट ३ का आसपासमा पर्ने वडा र गाँउमा असिनापानीले अन्नबाली नस्ट गरेको खत्री बताउछन।गहु ,जौ गुर्भाकोटको मुख्य अन्बाली हो ।
अहिलेपनि सुर्खेत देखि हिमाली भू भागमा पानि संगै हावा हुरी र चट्याङ्ग परेको स्थानियले बताए ।तेस्तै आज राजधानी काठमान्डौमा पनि पानि परेको छ ।
नेपालमा पश्चिमीवायुले प्रवेश गरेपछि मौसम केहिदिनझै सक्रिय रहने मौसमविदले बताएका छन् ।