वागी ,२ ,ले कमायो दुई दिनमा ४५ करोड ,,

चैत १८ – बलिउड नायक टाइगर श्राफ अब स्टार बन्ने बाटोमा
दौडिरहेको बेला उनिको नाम खुब चर्चामा छ  बाघी ले निकै चर्चा मा आयका भर्खर मात्र रिलिज भयको  उनको मुख्य भूमिका रहेको चलचित्र ‘वागी २’ले बक्स अफिसमा तहल्का मच्चाए पछि उनको चर्चा र कामको प्रंशंसा जता ततै सुरु भएको छ । त्यति मात्र हैन हालै नायक अक्षय कुमारले टि्वट गरेर टाइगरलाई बलिउडका ‘टोनी जा’ को संज्ञा दिएका छन् ।

चलचित्रले शुक्रबार र शनिबार आक्रामक कलेक्शन गरेको छ । शुक्रबार २५.१० करोडको ओपनिङ व्यापार गरेको यो चलचित्रले शनिबार २०.४० करोड कमाई गर्‍यो । चलचित्रको विकेन्ड कलेक्शन ७० करोड माथि हुने देखिएको छ । चलचित्रले सय करोड कमाउने पक्का जस्तै भएपछि नायक टाइगर श्राफ निकै खुशी समेत देखिएका छन् । चलचित्रका लागि उनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भैरहेको छ ।

‘वागी २’ले आक्रामक कलेक्शन गरिरहँदा यसका निर्माता साजिद नाडियाडवालाले ‘वागी ३’ पनि बन्ने बताएका छन् । उनले यो चलचित्रमा पनि टाइगर श्राफ नै मुख्य भूमिकामा रहने बताए । नायिका को हुने भन्ने पक्का नभएको उनको भनाई छ । ‘वाघी’मा श्रद्धा कपुरको मुख्य भूमिका थियो भने ‘वागी २’मा टाइगरकी प्रेमिका दिशा पटानीको मुख्य भूमिका छ ।

 

lekbesi