नेपाल प्रहरीका डिआईजीले गरे राजिनामा ,

फागुन २३ ,काठमान्डौ – नेपाल प्रहरीका प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा। राजीव सुब्बाले राजीनामा दिएका छन् ।

सुब्बाले वैज्ञानिक वृत्तिविकास प्रणाली अवलम्वन नगरिएको भन्दै राजिनामा दिएको भन्ने बुझीएपनि के कारणले राजिनामा दिए भन्ने अझै प्रस्ट खुलेको छैन ।

उनको राजिनामा गृहमन्त्रालयमा पुगेपनि स्वीकृति भनेको भएको छैन ।प्रहरी संगठनमा जुनियरहरु माथिल्लो पदमा पुगे पनि प्राविधिक इञ्जिनियरतर्फ डीआईजीभन्दा माथिल्लो पद नभएकाले सुब्बाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयभित्र चर्चा भएको छ ।

lekbesi

सुब्बा २०५२ भदौमा सेवा प्रवेश गरेका थिए । उनले २४ वर्ष ७ महिना प्रहरीमा रहेर राजीनामा दिएका हुन् डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी छ।

मैले फागुन २० गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको छु,।अब नागरिकका रुपमा रहेर आफ्नो सीप र अनुभवको सदुपयोग गर्ने योजना छ सुब्बाले भनेका छन् ।