आज वर्षाको दिन,

फागुन २४ ,काठमान्डौ – राजधानी लगायत विभिनन क्षेत्रमा हिजो देहिनै भारि वर्षा भईरहेको छ ।

मौसम पुर्वअनुमानले आजदिनभरनै वर्षा हुने बताएको छ ।हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ।

हिमाली भू – भाग देखि उच्च पहाडी भू -भागमा आशिंक बदलि संगै हल्का हिमपातको सम्भावना रहेको शाखाले बताएको छ ।

त्यस्तै आइत्बार र सोमबार देशको पूर्वी तथा पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।