मा.वि.बडाखोलीमा २०७६ एसईईको तयारी नयाँ शैलीमा,

फागुन २४ ,काठमान्डौ – विद्यार्थी जीवनको आइरन गेट मानिने एसइई परीक्षालाई अन्य परीक्षा भन्दा विशेष महत्वकारुपले हेरिने गरिन्छ।

एसइई को नतिजालाई विद्यालयको स्तर मापनगर्ने विश्वाशिलो मापक समेत मानिने भएकोले देशैभरीका विद्यालयले एसइईको तयारी आफ्नै तरिकाले गर्ने गरेको पाईन्छ ।

एसइईको तयारी कक्षा भन्दै कोचिङ्गत था ट्युशनकक्षा र शनिवारीय परीक्षा संचालन गर्नुलाई नै तयारीको रुपमा धेरै विद्यालय र विद्यार्थीले बुझेको र अंगालेको पाईन्छ ।

तर कर्णाली प्रदेशको सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वार्ड नं ०६ मा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडाखोलीमा भने एसइईको तयारी फरक ढंगले गरेको पाइएको छ ।

सामान्यतया एसइई अगाडि लिईने ल्याकत परीक्षा सकिएसंगै कक्षा १० का विद्यार्थीहरुलाई विद्यालयले विदाई कार्यक्रम आयोजना गरि विदाई गरेका फोटो र खबर सामाजिक संजालमा प्रशष्त भेटिने गर्छन ।

तर मा।वि।बडाखोलीले भने यो वर्ष त्यसो गरेन बरु एसइईको तयारीको लागि नयाँ विधिको प्रयोग गरेको छ ।

यो वर्ष यस विद्यालयबाट प्राविधिकक तथा ब्याबसायिकधार अन्तरगत वालिविज्ञान विषयतर्फबाट २७ जना र साधारणधारतर्फबाट १३४ जनागरि जम्मा १६१ जनाले परीक्षा आवेदनफारम भरेका छन ।

विद्यालयले यि विद्यार्थीहरुलाई यस वर्ष न टयुशन कक्षाको लागि समय ब्यबस्था ग¥यो न त विदाई नै।

बरु परीक्षा शुरु हुनुभन्दा ४५ दिन अघि देखि विद्यार्थीहरुको स्तरअनुसार विभिन्न ८ वटा समुहमा विभाजन गरि सघन सिकाई कक्षा संचालनगर्दै आएको विद्यालयका लेखापाल श्री भीमप्रकाशओलीले जानकारी दिनुभएको छ ।

विद्यार्थीहरु हरेक दिन विहान १० बजे विद्यालयमा आउने गर्छन र आआफ्नो समूह रहेको कोठामा प्रवेश गर्दछन र सिकाई शुरु हुन्छ ।

आपसीअन्तरक्रियाबाट विषयगत शिक्षकको विशेष निगरानीमा संचालन हुने कक्षामा शिक्षकले सिकाउने होइन आबश्यक परेको खण्डमा सहजीकरण मात्र गरिन्छ ।

सानो संख्या र आफ्नो सिकाईस्तरका विद्यार्थीहरुको समुहमा यसरी सिक्न पाउदा विद्यार्थी पनि उत्साहित छन र सिकाईको प्रभाव छोटो समयमै राम्रो देखिन थालेको छ ।

यसरी हप्ताको सातै दिन संचालनहुने कक्षा विहान १० बजे देखि बेलुकी ६ बजेसम्म रहन्छ ।

शनिबारको दिन विहान परीक्षा हुन्छ भने विद्यार्थीहरुको लागि दिउसो नुहाउन तथा सरसफाई गर्न विद्यालयमै ब्यबस्था मिलाईएको छ साथै अन्य दिन पनि विद्यार्थी कक्षाकोठा प्रवेश गरेपछि बाहिर निस्कन परे प्रमाणित गरेको पास कार्डको प्रयोग गर्नेगर्छन ।

विद्यार्थीको लागि दिउँसोको खाजा विद्यालयले निःशुल्क ब्यबस्था गरेको छ । एसइईको तयारीको यो नयाँप्रयोगबाट शिक्षक विद्यार्थी र अभिभावक सबै उत्साहित भएको र नतिजा पनि राम्रो आउने अपेक्षा गरिएको छ ।

यो विद्यालय पुर्वी सुर्खेतको अब्बल विद्यालयको रुपमा स्थापित भएको विद्यालय हो । यस अघि विभिन्न सालमा एसइईमा प्राविधिकतथा साधारणधारबाट एसइईमा ए प्लस, ए र विशिष्ट श्रेणीमा थुप्रै विद्यार्थी उत्तिर्ण गराईसकेको यो विद्यालय २०६९ सालमा एसएलसी परीक्षाको नतिजामा प्रथम स्थान हासिल गरेको थियो ।

हाल यस विद्यालयमा सिकाईका लागि प्रविधिमैत्री विषयगत सिकाई कक्षाको समेत ब्यबस्था गरेको छ ।

यहाँ अध्ययनरत करीब एकहजार विद्यार्थीहरु र ४२ जना शिक्षक–कर्मचारीको बागडोर प्रधानाध्यापक श्री ढालबहादुर खत्रीले सफलतापूर्वक सम्हाल्दै आउनुभएको छ ।