विध्यार्थिलाई हातचिर्न लगाउने शिक्षिका प्रहरी नियन्त्रणमा ,
फागुन २४ ,काठमान्डौ – कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो ।
शनिबार विद्यालयका पि्रन्सिपलकाम साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ ।
घटना बाहिर आएपछि विद्यालयले पनि शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ । उक्त विद्यालयमा कर्माचार्य १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकि सिक्षिका हुन् ।
उनले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । उनले त्यो बेलापनि विद्यार्थीले राम्रो नम्बर नल्याए हात चिरिदेने चेतावनी दिएको पिडित विद्यार्थीले बताएक छन् ।
परीक्षाको फुलमाक्स २० र पासमाक्स ८ र निर्धारण गरिएको थियो । परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै उनले बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याइन् ।
सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हातमा आफैं चिर्न निर्देशन दिइन् । आफुले भनेको नमाने आफै विद्यार्थीको हात चिरिदिने धम्कि दिएपछि विद्यार्थीले आफ्नो हात चिरेको बताए ।
सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात बढी काटिएको छ । उनीहरुको हातमा १५ देखि २० पटक ब्लेडले चिरिएको छ ।
कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।
प्रहरीका अनुसार अहिले सम्म कसैले उजुरी भने दिएको छैन । प्रहरीले पिडितका अभिवाभावकले उजुरी नदिएपनि गलत हर्कत गर्ने जो कोहीलाई कारवाही गर्ने बताएको छ ।