कस्तो छ आज हिमाल र पहाडमा होलि ,
फागुन २६ ,काठमान्डौ – आज हिमाल र पहाडी जिल्लामा होलि पर्व मनाउने गरिन्छ ।फागुन शुक्ल पूर्णिमाका दिन मनाईने यो पर्व परम्परागत रुपमा विभिनन रंग दलेर मनाउने गरिन्छ ।
तर यो वर्ष भने अघिल्ला दिनहरुभन्दा होलि पर्वमा मानिसहरुको उमङ्ग कम देखिने गरेको छ ।
अहिले विश्वभरिनै कोरोनाको महामारी रहेको हुनाले कुनै पनि सभा ,सम्मेलन ,ठुला जमघट नगर्न सरकारले आग्रह गरेको छ ।
तेस्तै भोलि तराईका जिल्लामा होलि पर्व मनाउने गरिन्छ ।काठमान्डौको वसन्तपुरमा लाग्ने सबैभन्दा ठुलो होलि मेला जमघट यो वर्ष हुने छैन ।
जिल्ला प्रसासन कार्यालय काठमान्डौले यो वर्ष काठमान्डौमा अहोली पर्व नमाउन समेत आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न चोक चोकहरूमा ‘सवारी तीव्र गतिमा नहाकौँ , मापसे गरी सवारी नचलाऔँ’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन हुने महाशाखाले जनाएको छ ।
होलीको नाममा कसैलाई लोला हान्ने ,पानि च्याप्ने जस्ता कार्य नगर्न समेत शाखाले जनाएको छ।
त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरुलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ वा ट्राफिक एफएम ९५.५ मेघाहर्ज सुन्नहुन पनि अनुरोध गरिएको छ ।