प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार ,
फागुन २६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधाररहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले अस्पतालका कार्यकारी निर्देशक डा .प्रेमकृष्ण खड्गाले सोमबार एक विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् ।
उनले ओलीको नियमित खानपान, हिँडडुल र व्यापामलाई निरन्तरता दिइएको पनि जानकारी दिए ।
गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको थियो ।
उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । खडकाका अनुसार प्रधानमन्त्री ओलीलाई मृगौला दिने समिक्षाको पनि स्वास्थ्य ठिक रहेको छ ।