दुई जना नेपालीमा भेटियो कोरोना ,

फागुन २७ ,काठमान्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपाली सहित १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये चार जना यूएईका हुन्। यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिकमा कोरोनाको संक्रमण देखिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

हालसम्म यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।सोमबार नेपाली दूताबास भने बन्द थियो । त्यसैले कोरोनाबाट संक्रमित नेपालीबारे थप जानकारी प्राप्त भएको छैन ।

lekbesi