चोरीको आरोपमा सुर्खेतमा नाबालक पक्राउ ,

फागुन २७ ,काठमान्डौ – सुर्खेतमा साढे १० लाख चोरी गरेको आरोपमा एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका,६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो ।

किटानी जाहेरीको आधारमा बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । ति बालकको नामभने प्रहरीले गोप्य राखेको छ ।

घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ ।

बालकको साथबाट रु १ लाख २० हजार बरामद गरेको र चोरी कार्यमा अन्य व्यक्तिको संलग्नता भएको हुनसक्ने भन्दै हामीले नाम गोप्य राखेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।

बालकलाई गिरफ्तार गर्दा उनले अरुको नामपनि दिएका छन् हामीले शङ्कास्पद व्याक्तिको खोजि तिव्ररुपमा गरिरहेको पनि रावलले बताए।