कतारको लागि श्रमस्वीकृति स्थगित ,
फागुन २७ ,काठमान्डौ – कतारको लागि श्रमस्वीकृति स्थगित गरिएको छ ।वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि बन्द गरेको हो।
विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो ।
कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएपछि श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता भएक छन् ।
दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् ।
अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने विभागले जनाएको हो ।