अब पार्टी फुट्न दिदैनौ कमल थापा ,
फागुन २७ ,काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् ।
पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले अब देखि पार्टी फुट्छ कि भन्ने आशंका नलिन सबैमा आग्रह गरेका हुन् ।
पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे ।थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए ।
अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उद्दार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे ।
अन्य कुनै पनि पार्टीले कम्युनिस्ट र कांग्रेसको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने भन्दै अध्यक्ष थापाले राप्रपा नै वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे ।बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछन् ।