दुर्घटनाका घाईतेलिन उडेको हेलिकोप्टरमाथि कांग्रेस सांसद दवाडीको लापरवाही ,
फागुन २७ ,काठमान्डौ – गोरखा बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट र वन मन्त्रालयका सचिवालय सदस्य धिरज उपरकोटीको पहलमा बल्ल तल्ल सबै ठाँउमा हेलिकोप्टरलाई फोन गर्दा माउन्टेन एयरको हेलिकोप्टर सुलिकोट गाउँपालीका वडा न. ४ शौरपानीरन्चोक जिप दुर्घटनाका घाइतेहरुलाई लिन जाने पक्का भएको थियो ।
घाईतेलिन हेलिकोप्टर जाने भन्ने सामाजिक संजालमा राखेको देखेपछि नेपालि कांग्रेसका प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले आफुपनि जाने भन्दै हेलिकोप्टर लामो समयसम्म रोकेको समेत गुनासो आएको छ ।
८ बजे घाईतेलिन उडेको हेलिकोप्टरलाई ९: ३० बजे सम्म सांसद प्रकाश चन्द्र दवाडीले मा पनि जाने भन्दै रोकीराख्दा उता भने सिकिस्त घाईते हेलिकोप्टरको पर्खाईमा थिए ।
घटनास्थलमा हेलिकोप्टर नपुगेको खबर सुनेपछि धिरज उपरकोटीले माउन्टेन एयरको स्टापलाई फोनगर्दा जवाफमा स्टापले सांसदले रोकाएको समेत बताएका थिए ।
तत्काल घाईतेको उद्दार गर्नुको साटो हेलिकोप्टरलाई रोकीराखेको थाहा हुन आएपछि घाईतेलिन उडेको कि सांसदलाई लिन तत्काल घटनास्थल पुग्न धिरजले आग्रह गरेपछि हेलिकोप्टर उडेको थियो ।
घाईतेहरुलाई लिन हेलिकोप्टर दुई दोहर गरेको थियो । जिप दुर्घटनाका सिकिस्त घाईतेलाई लिन तत्काल हेलिकोप्टर पठाउनुको साटो अरुले पठाएको हेलिकोप्टरलाई पनि जान्छु भन्दै रोक्ने सांसदको चौतर्फी रुपमा आलोचना भएको छ ।
घाईते बचाउनुको साटो उडेको हेलिकोप्टर सांसदले डेढ घण्टा रोक्नुले दुर्घटनाका घाईतेमा राजनीति गरेको समेत प्रतिक्रिया आएको छ ।