बाँस्कोटाले आफ्नो औकात भुलेर क्रान्तिकारी जनतामाथि दादागिरी देखाएकोले बम हानियो विप्लव ,
फागुन २८ ,भक्तपुर – पुर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आफ्नो औकात भुलेर क्रान्तिकारी नेपालि जनतामा फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले बम हानेको नेत्र विक्रम चन्द विप्लवले जनाएको छ ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो परेको र १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गर्ने गरेको समेत विप्लवले जनाएको छ ।
गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लवले लिएको पनि विप्लवले जनाएको हो।
बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान ७ :४० बजे
प्रेसर कुकर बम बिस्फोट भएको थियो ।
बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ । कार पूर्वमन्त्री बाँस्कोटाको छिमेकीको रहेको प्रहरीले जनाएको छ । मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको छ ।