सञ्चारमन्त्रि गोकुल बाँस्कोटाको घरमा बम विस्फोट ,
फागुन २८ ,काठमान्डौ – पुर्व सञ्चारमन्त्रि गोकुल बाँस्कोटाको घरमा कुकर प्रेसर बम विस्फोट भएको छ ।
बाँस्कोटाको लोकन्थलीस्थित् निर्माणाधीन घरमा बमविस्फोट भएको हो ।बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ ।
छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।निर्माणाधीन घरकाे कम्पाउन्डमा बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको हो ।
बाँस्कोटाको घरलाई लक्षित गरि बम हानेको प्रहरीले बताएको छ ।घटनाको थप अनुसन्धान भईरहेको र कसले किन बम हानेको भन्ने पुस्टि भने भएको छैन ।घटनामा भने कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको हो ।
रिमोट कन्ट्रोलबाट बम हानेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोलीले बताएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिकपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।