बम विस्फोटको आशंकामा विप्लवका एकजना कार्यकर्ता पक्राउ ,

फागुन २८ भक्तपुर -,पूर्वसञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आशंकामा एकजना विप्लव कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेका छन्।

उनलाई बम विष्फोट भएको नजिकै ठाउँबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका छन्।

गुरुङ यसअघि विभिन्न विष्फोटक घटनामा संलग्न रहेको प्रहरीको दावी छ। प्रक्राउ परेका गुरुङबारे छानबिन भइरहेको प्रहरीले बताएको छ।

बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् ।बाँस्कोटाको जडिबुटिस्थित निर्माणाधीन घरमा आज बिहान ७ : ४० बजे बम विस्फोट भएको थियो ।

बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा ७० करोड घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।