तिनवटा अध्यक्ष सहित एक भयो राप्रपा ,

फागुन २८ ,काठमान्डौ – राप्रपा र राप्रपा संयुक्तबीच आज एकता भएको छ। बुधबार रास्ट्रियसभाग्रहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो ।

एकिकरनपछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ ।राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षदोय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एक भएको घोषणा गरेका हुन्।

शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए। यो संगै राप्रपामा ३ अध्यक्ष रहेका छन्।

पार्टीको एकतापछि राप्रपाका अध्यक्ष कमल थापाल अब कहिले पनि पार्टी फुट्ननदिने भन्दै कसम खाएका छन् उनले गीतामा हात राख्दै पार्टीलाई कहिलेपनि अलग हुननदिने कसम खाएका हुन् ।

तेस्तै राप्रपा संयुक्तमा अध्यक्ष पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतिज्ञा गरिसकेको कमल थापाले बताए ।

विगतमा पटक पटक पार्टी फुटेको हुनाले अब कहिले पनि पार्टी नफुट्ने र सबै एकजुट भएर अगाडी बढ्न पनि थापाले आग्रह गरे ।

विगतका पूर्वाग्रहबाट माथि उठ्ने र एकअर्काको सम्मान गर्दै पार्टीको नेतृत्वबाट अगाडी बढ्न थापाले सबैमा आवाहन गरेका हुन् ।