म गीता छोएर कसम खान्छु अब पार्टी फुट्न दिन्न कमल थापा ,

फागुन २८ ,काठमान्डौ – राप्रपा र राप्रपा संयुक्तबीच आज काठमान्डौको रास्ट्रियसभागृहमा एक कार्यक्रमको आयोजना गरि पार्टी एकता गरिएको छ ।

एकता पछि पार्टीको नाम रास्ट्रीय प्रजातन्त्र पार्टी भएको छ । यो संगै राप्रपामा तिन अध्यक्ष बनेका छन् जसमा राप्रपाबाट कमल थापा संयुक्त राप्रपाबाट पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी छन् ।

पार्टी एकताको घोषणा पछि अध्यक्ष कमल थापाले अबकुनै पनि हालतमा पार्टी फुट्न नदिने भन्दै उनले गीतामा हात राखेर कसम खाएका छन् ।

थापाले हिन्दूहरुको आस्थाको केन्द्र भगवान पशुपतिनाथलाई साक्षी राखेर मञ्चमा राखिएको ‘भागवात गीता’ पुस्तक समेत छोएका थिए ।

थापाले पार्टी एकताबाट आफू खुसी र सन्तुष्ट रहेको बताउँदै आफ्नो चार वर्षे कार्यकाल पूरा नहुँदै पार्टी एकता गराउन सकेकोमा गौरवान्वित भएको पनि धारणा राखे ।

पहिले पार्टीमा म एक्लै नेतृत्वमा थिएँ । एकतापछि पार्टीमा दुई अध्यक्ष थपिँदा बोझ घटेको छ