प्रधानमन्त्री ओली र मृगौलादाता समिक्षाबीच भेट ,

फागुन २८ ,काठमान्डौ – प्रधानमन्त्री ओली र ओलीलाई मृगौलादाङ गर्ने समिक्षा संग्रौलाबीच भेट भएको छ ।

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ३ बजे आफ्नी भाञ्जी नाता पर्ने संग्रौलालाई भेट गरेका हुन् ।

भेटमा समिक्षाले प्रधानमन्त्री ओलीलाई कस्तो छ मामा हजुरलाई भनेकी थिईन जवाफमा ओलीले आफुलाई ठीक रहेको छिट्टै अझै ठिक हुने समेत बताएको ओलीका सल्हाकार सुर्य थापाले बताए ।

प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् ।

तेस्तै ओलीले समिक्षालाई मृगौला दिएकोमा धन्यवाद समेत दिएका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र बुधबार आफैंले दाह्री काटेको प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जानकारी गरेका थिए ।

गत २१ गते बुधबार ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो ।