ललितपुरमा महिलाले बनाउन थाले माक्स ,

फागुन २८ ,ललितपुर – ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाले समाजभित्र रहेका महिलाहरुलाई माक्स बनाउने तालिम दिएको छ ।

महानगरपालिकाले २९ वटै वडाबाट सिलाइ तालिम लिएका महिलालाई माक्स बनाउन तालिम दिएको हो ।

तालिमकै दिन महिला हरुले दुई दुईवटा माक्स निर्माण गरेका थिए ।बजारमा कोरोना संक्रमणको त्रासपछि माक्स अभाव भएको पाईन्छ ।

माक्स अभाव भए संगै कतिपएले चर्को मुल्यमा माक्स किनिरहेको पनि संचार बाहिरिने गरेका छन् ।

माक्स आफैले निर्माण गर्दा सस्तो हुनेरा महिलाहरुलाई रोजगारको पनि अवसर हुने माक्स निर्माण संयोजक राजु महर्जनले बताए।

निर्माण गरिएको माक्स धोएर प्रयोग गर्नसकिने समेत माक्स निर्माण गरिरहेकी एक महिलाले बताईन । उनीहरुले माक्स सुती कपडाबाट उत्पादित गर्ने बताईएको छ ।

माक्स निर्माण गरेर व्यक्तिलाई सहुलियत दिएर बजार व्यवस्थापनमा सहजीकरण गर्न वा जनिकैका औषधिपसलमा दिनसकिने महानगरपालिकाले बताएको छ ।

जसले गर्दा बजारमा भईरहेको माक्स कालोबजारीको ठुलो समस्या समाधान हुनसक्ने समेत महानगरपालिकाले बताएको हो ।

केहि महिना अगाडीमात्र आफ्नै महानगरपालिकाभित्र माक्स उत्पादन गर्ने घोषणा गरेको पालिकाले आज देखि माक्स उत्पादन सुरु गरेको हो ।महानगरपालिकाले सबै स्थानियतह सम्म माक्स उत्पादन गर्नसकिने बताएको छ ।