Simta
Simta
lekbesi

आजको बैठकमा कालापानीबाट भारतीय सेना हटाउने संकल्प संसदमा प्रस्ताव ,

Gurvakot

फागु २९ ,काठमान्डौ – आज बिहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने संकल्प संसदमा प्रस्ताव पेश हुँदै छ ।

बिहान ११ बजे बस्ने बैठकमा सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

भारतले प्रकासित गरेको नँया नक्सामा दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरेपछि चौतर्फी विरोध भईरहेको छ ।

lekbesi

चौतर्फी विरोधपछि सरकारले सिमासुरक्षाको विषयमा कुटनीतिक माध्यामबाट पहल चाल्ने भनेपनि अहिले सम्म कुनै ठोस निर्णय हुनसकेको छैन ।

नेकपाका अध्यक्ष प्रचण्डले पनि भारतले आफ्नो एकतर्फी नक्सा जारिलाई मान्ने नहुने बताएका थिए ।

Simta