चलचित्र ,पुर्णिमा, चैत १ गतेदेखि भव्य प्रदर्शनमा आउँदै ,

नेपालि चलचित्र पुर्णिमाको भव्य प्रदर्शनको तयारि गरिएको छ । यहि आउँदो चैत्र १ गते देखि चलचित्र पुर्णिमा प्रदर्शनमा आउन लागेको हो ।

चलचित्र पूर्णिमाको पहिलो शो काठमाडौंको रानीदेवी पार्टी प्यालेस पुरानो विश्व चलचित्र हल सामाखुसीमा हुने निर्माण टिमले बताएको छ ।

lekbesi

१ गते दिनको २ वजे बिशेष प्रर्दशन र चैत्र ८ गते शनिबार १२ बजे पव्लिक प्रदर्शन गरिने चलचित्रका सहनिर्देशक रबिन गुरुङले बताए ।

चलचित्रको लेखन निर्देशन जनक गुरुङले गरेका हुन् । नव ज्योति फिलिमस प्रालिले प्रस्तुत गर्न लागेको चलचित्र पुर्णिमालाई खेम थापा मगरले सिनेमाट्रोग्राफर गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन गरेका छन् ।

चलचित्रमा पुर्णिमा गुरुङ ,मनोज गुरुङ ,सोनाम गुरुङ ,लाल बहादुर गुरुङको अभिनय देख्न सकिन्छ ।

कमेडी देखि सामाजिक कथामा निर्माण भएको यो चलचित्रले दर्शकको मन जित्ने पक्का रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको विशेष प्रदर्शनमा निर्माण टिमले हार्दिक निमन्त्रणा समेत गरेको छ ।चलचित्रलाई कृतिमान गुरुङ ,टोक बहादुर गुरुङ ,क्या राम बहादुर गुरुङ ,बुद्दि प्रसाद गुरुङ ,भु माया गुरुङले निर्माण गरेका हुन् ।

चलचित्रको पोस्टर संगै ट्रेलरपनि सार्वजानिक गरिएको छ ।जसलाई दर्शकले अत्यधिक रुचाईएको प्रतिक्रिया दिएका छन् ।