सफल होला त पुर्वडिआईजी रमेस खरेलको हाम्रो नेपाल शुशासन नेपाल ,

फागुन २९ ,काठमान्डौ – नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु गरेका छन्।

बिहीबार औपचारिक रुपमै खरेलले अभियानको सुरुवात गरेका हुन् भने ७७ वटै जिल्लामा यो अभियान चलाउने उनले बताएका छन् ।

राजधानीमा अयोजित उद्घाटन समारोहमा बोल्दै खरेलले देशमा भ्रष्टाचार, विकृति र विसंगति बढेको भन्दै बाध्य भएर अभियान सञ्चालन गर्नु परेको बताएका छन्।

lekbesi

देश चलाउने सरकारका नायकबाटनै देशमा जताततै ठुला ठुला काण्ड बढेकोले यो अभियानमा जुट्न सबै नेपालिलाई खरेलले आग्रह गरेका छन् ।

अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणसहित विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ। कार्यक्रममा लक्ष्य प्राप्तिका लागि विभिन्न आधा दर्जन कार्यक्रम सार्वजनिक भएका छन्।

यसअघि राजनीतिक दल घोषणाको तयारी भएको बताइए पनि खरेलको नेतृत्वको अभियानले राजनीतिक मुद्दा समावेश गरेको छैन।

कार्यक्रम उद्घाटनमा सबैलाई माक्स वितरणपनि गरिएको थियो । खरेल नेतृत्वको अभियान सञ्चालन केन्द्रीय तदर्थ कार्यकारी परिषद्मा पाँच सदस्य रहेका छन्।

परिषदमा खरेलसँगै देवेन्द्रप्रसाद सिटौला, डा। नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन्।

अभियानमा विदेशमा बस्ने नेपालिलाई पनि भोट हाल्ने वेवास्था हुनुपर्ने माग राखीएको छ ।उक्त माग यो भन्दा अगाडी साझा पार्टीले अघि सारेको थियो ।