सुर्खेत गुर्भाकोट ३ मा चट्याङ् लागेर एक गोरु सहित दुइ बाख्रा मरे ,

सच्याईएको ,

फागुन ३० ,काठमान्डौ – सुर्खेत गुर्भाकोट ३ डोबमा चट्याङ्ग लागेर एकगोरु सहित  दुईवटा बाख्रा मरेका छन् ।

गुर्भाकोट ३ केसर खत्रीको घरमा हिजो राति चट्याङ्ग लागेको स्थानिय ओविलाल खत्रीले रंग दर्पणलाई जानकारी गरेका हुन् ।

चट्याङ्बाट अन्य पशु चौपाए घाईते भएको र घरमा क्षति भएको हो ।चट्याङ्गले गुर्भाकोटमा संचारमाध्यम समेत अवरुद्द बनेको उनले बताए ।

पश्चिमी वायुको प्रभावले नेपालमा विभिनन स्थानमा मौसम बदलि भई मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजपनि केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको शाखाले उल्लेख गरेको छ । यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ ।

पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ ।

साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।त्यस्तै, पूर्वानुमानका अनुसार राति भने  देशभर नै सामान्यदेखि पूर्ण बदली रहने शाखाले बताएको छ ।