भारतमा पहिलोपटक कोरोनाबाट एक जनाको मृतु ,
फागुन ३० ,काठमान्डौ – कोरोन संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृतु भएको छ ।
भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कोभिड–१९) संक्रमणका कारण ज्यान गएको हो ।
पहोली पटक कोरोना संक्रमितको ज्यान गएको भारतको स्वास्थ्यमन्त्रालयले विज्ञप्ति जारि गरि बताएको छ ।
ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।
साउदीबाट फर्कीएलगतै उनको स्वास प्रस्वासमा समस्या देखिएको थियो । ६ मार्चमा चिकित्सकले उनको घरमा पुगेर उपचार गरेका थिए ।
९ मार्चमा निजि अस्पतालमा चेक जाँच गर्दा उनीमाथि कोरोनाको संक्रमण फेला परेको थियो ।
कर्नाटक राज्यकाे स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ ।
चीनबाट सुरु भएको नोभिल कोरोना विश्वका ११५ देशमा फैलीसकेको छ । भारतमा अहिले पनि ७४ जनामा कोरोना संक्रमण रहेको सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।