सुर्खेतमा बिरामी चेक गर्दै आईरहेका नक्कली डाक्टर पक्राउ ,
फागुन ३० ,काठमान्डौ – सुर्खेतमा अर्काको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली एनएमसी नम्वर प्रयोग गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएका काफ्लेले अन्य चिकित्सकको एनएमसी नम्वर प्रयोग गरेर अस्पताल सञ्चालन गर्नुका साथै विरामी चेकजाँच गर्दै आएका थिए।
नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका रावलले बताए ।