होलि मनाउने भन्दै अत्यधिक रक्सि पिउने ५ जनाको मृतु ,

फागुन ३० ,काठमान्डौ – होलीमा अत्यधिक मधिरा सेवन गर्दा ५ जनाको मृतु भएको छ भने एकजना गम्भीर बिरामी परेका छन् ।

चाड पर्वको नाममा औनिहरुले अत्यधिक रक्सि सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बताएको छ ।

मृतुको खोजिगर्दा स्थानीय र पारीवारले कालगतिले मृतु भयो भनेपनि अनुसन्धानमा राक्सी सेवनले मृतु भएको पत्ता लाग्न आएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

रक्सि सेवनबाट अन्य एकजना २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।

रक्सि सेवन गर्दा मात्र नभई रक्सिमा कुनै चिज मिसाईएको वा अन्य कुनै भन्ने यो विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।