विवाहमा आएक तिन भारतीय हतियार सहित पक्राउ ,
फागुन ३० ,विराटनगर – बिहेमा आएका तिनजना भारतीय नागरिकलाई मोरङबाट हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई कटुवा पेस्तोल गोलि सहित बिहिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत अररियाका २१ वर्षीय अजयकुमार मण्डल, राकेशकुमार साह र १८ वर्षीय आनन्दकुमार मण्डल रहेका छन् ।
मोरङको सुनवर्षी नगरपालिका–८ बस्ने श्यामसुन्दर मण्डलका छोरा बब्लुको बिहेमा आएका तीनै जनालाई सुनवर्षी,८ हर्चनगढीस्थित महादेव मण्डलको होटलमा मादक पदार्थ सेवन गरिरहेका बेला हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरिएको लेखनाथ दाहालले बताएक छन् ।
होटेलमा मदिरा सेवन गरिरहेका उनीहरुले संकास्पद गतिविधि गरेको थाहाहुन आएपछि तेसतर्फ इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेत्रत्वको टोलि राति ९ बजे पुगेको थियो ।
मधिराले लठ भएका उनीहरुको साथबाट पेस्तोल गोलि फेला पारेका हौ दाहालले भने ।
उनीहरु विहेको बहाना पारेर कुनै अपराधिक घटनामा गराउन भारतबाट नेपाल छिरेको हुनसक्ने प्रहरीले बताएको छ ।
उनीहरुको साथ्बाट अनटेस्ट पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।अनुसन्धान चलिरहेको छ ।
उनीहरु तिनै जना श्यामसुन्दरका आफन्त खुलेको छ । पक्राउ परेका तीनै जना विरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।