Simta
Simta
lekbesi

प्रधानमन्त्री ओलीले चिकित्सकलाई भने आभारी छु ,

Gurvakot

फागुन ३० ,काठमान्डौ – प्रधानमन्त्री ओलीले आफ्नो निवासमा आफु पुगेको जानकारी गराएका छन् ।

बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे छु ओलीले आफ्नो सामाजिक संजालमा लेखेका हुन् ।

साथै प्रधानमन्त्री ओलीले आफ्नो मृगौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी गरेका छन् ।

lekbesi

गत २१ गते त्रिवि शिक्षन अस्पतालमा मृगौला प्रत्यारोपण गरेका ओलीलाई अस्पतालले आज डिस्चार्ज गरेको थियो ।

ओलीले आफ्ना शुभेच्छुकलाई हात हलाउदै गाडीमा चढेका थिए ।शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको बताएका थिए ।

अस्तपालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।

Simta