मेयर रेनु दाहालले १० बिगाहा जग्गा क्रिकेट रंगशाला बनाउन धुर्मसलाई सुन्तली फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा ,,

१९ चैत, चितवन – मेयर रेनु दाहालले चितवनको मध्यभागमा पर्ने ठाँउमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेकी छन् । हामि संग प्रसस्त समथर जग्गा भयको र सबैलाई पायक पर्ने ठाँउ भयको हुनाले क्रिकेट स्टेडियम बनाउनउ पयुक्त हुने बताउदै जग्गा दिने घोसना गरेकी हुन्। भरतपुर चितवन महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेकेा बताएको छ ।

भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने
भन्दै महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ ।चित्वन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा भयको आवसेक परेमा थप अन्य जग्गा समेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत गत बर्ष ५० लाख रकम रंगशाला निर्माणमा विनियोजन गरेका थिए । तर, १९ लाख ३० हजार मात्रै खर्च भएको छ । बाँकी रकम फि्रज भयो । चितवनको खाली जग्गा १ सय ७० विगाहा मध्ये १० विगाहा रंगशाला निर्माणका लागि छुट्याइएको हो ।भरतपुर महानगरले चालु बर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै एक करोड रकम विनियोजन गरेको छ । सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिएका हुन् ।