Simta
Simta
lekbesi

यो हो मान्छे खाने घरेलु मदिरा युरिया मल ,पलास्टिक ,चप्पल देखि मोजा मिसावट ,

Gurvakot

चैत २ ,काठमान्डौ – धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

हिजो मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा गरेर अवैध मदिरा सेवनबाट मृतु हुनेको संख्या १५ पुगेको हो ।

यो विषयलाई आजको अन्नपुर्ण पोस्टले मदिराले खान्छ शिर्षकमा समाचार लेखेको छ । प्रदेश २ का जिल्लमा मदिराले खान्छ मान्छे अधिकांस जिल्लमा मदिरा उत्पादन गर्ने सयौ भट्टी छन् ।

lekbesi

जसमा दैनिक ८० हजार लिटर मदिरा उत्पादन हुन्छ । युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ।

मदिरा खाएर ठूलो संख्यामा ज्यान गएको तथ्यांकबाहेक दिनहुँ मदिराको मात लागेर मृत्यु हुनेको लेखाजोखा छैन।

विषाक्त मदिरा पिउँदा विगत केही वर्षमा धनुषामा १४, महोत्तरीमा १४, बारामा ५ गरी ३३ जनाको मृत्यु भएको छ।

अखाद्य पदार्थ मिसाई बनाइने मदिरा पिउनाले सर्वसाधारणको ज्यान मात्रै गएको छैन, सामाजिक(आर्थिक हैसियत पनि सखाप भएका उदाहरण छन्।

सरकारले मदिरा उत्पादनमा रोक लगाएपनि अवैध ढंगले मदिरा उत्पादन गर्ने हरुको संख्या ठुलो छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीयवासी रामनन्द साह र तारापट्टीबाली भनिने छठियादेवी चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको बताए ।

Simta