प्रधानमन्त्री नियमित फलोअपको लागि शिक्षण अस्पतालमा ,

चैत २ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीको पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि आएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए ।]

स्टेन्ट निकाल्न धेरै नलाग्ने र आजनै प्रधानमन्त्री वालुवाटार फर्किने प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जानकारी गरे ।

lekbesi

मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मुत्रथैलीसम्म पुगोस् भनेर राखिएको स्टेन्ट प्रा.डा. उत्तम शर्माले झिक्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आइतबार ५:१५ बजे दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुसँग कोरोना महामारीका विषयमा भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेकोप्रधानमन्त्री ओलीका सल्हाकार सुर्य बहादुर थापाले जानकारी दिए।