७ वर्ष अघि प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ ,

चैत २ ,काठमान्डौ – तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेको छ ।

नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उसलाई प्रहरीले पक्राउ गरेको हो ।

वृत वानेश्वरमा डीएसपी दुर्गाराज रेग्मीले उसलाई शनिबार हिरासतमा लिएको बताए । पहिलेको घटनामा उसलाई पक्राउ गरिएको होइन अहिले उकिन संसद भवनभित्र पस्यो भन्ने हामि अनुसन्धान गरिरहेका छौ रेग्मीले भने ।

lekbesi

२०६९ मङ्सिर १ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उक्त व्याक्तिले प्रचण्डलाई थप्पड हानेका थिए ।

बागलुङका पदम कुँवर त्यो बेला वैद्य माओवादीसँग आबद्ध थिए । केहि दिन अगाडीमात्र संसद बैठकमा जुम्लाको रतन तिरुवा भन्ने व्याक्तिपनि पक्राउ परेको छ ।जसले प्रचण्डमाथि जुत्ता प्रहार गरेको थियो ।