सार्क भिडियो कन्फरेन्स प्रधानमन्त्री ओलीले भने नेपालमा कोरोना छैन ,सुरक्षा अपनाएका छौ ,

चैत २ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) नेपालमा नभएको बताएका छन् ।नेपालमा कोरोना संक्रमण छैन र हुननदिन उच्च सतर्कता अपनाएको बताए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कन्फरेन्समा सहभागी हुँदै ओलीले कोरोनाको संक्रमण हाल नेपालमा नरहेको पनि जानकारी दिए।

lekbesi

नेपालमा कोरोना रोक्नलाई सरकार विभिन्न तवरबाट लागिपरेको पनि ओलीले बताए । तेस्तै केन्द्र ,प्रदेश ,स्थानीय तहमा समिति गठन गरेर कोरोनाको संक्रमण हुन पहिल्यै सचेतताका काम भइरहेका उनले बताए।

कोरोनाबट सम्भावित संक्रमितलाई ध्यानमा राख्दै आइसोलेसन सेन्टर स्थापना गरिनुका साथै क्षमतावृद्धि गरिएको प्रधानमन्त्री ओलीले बताए।

तेस्तै आत्मरक्षाको लागि सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरिएको पनि उनले बताए।भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कम ब्याटिङ कोरोना भाइरस: सेटिङ यान एक्जाम्पल फर द वल्र्ड’ नाम दिइएको सो कन्फरेन्स गर्न भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् आह्वान गरेका थिए।

जसको सबै सदस्य राष्ट्रले समर्थन गरेका थिए।कोभिड–१९ को संक्रमणफैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखेकामा सार्कका नेताहरुलाई धन्यवाद दिएका थिए।