पेट्रोलियम पदार्थमा निगमको मूल्य समायोजन ,

चैत ३ ,काठमान्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।

दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपयाँका दरले मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको हो।

lekbesi

निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ ।अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।