पोर्चुगलमा एक नेपालिमा कोरोना फेलापछी प्रहरीले ७४ नेपालीलाई पक्राउ गर्यो ,

चैत ३ -पेरिस – ७४ जना नेपालीलाई पोर्चुगलमा आईतबार राति कोभिड १९ भाईरस जाँचको लागि क्‍वारेन्टाइनमा राखीएको छ ।

आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो ।

आईतबार फारोस्थित काम गरिरहेका एक नेपालि बिरामी भएपछि उनिसंगै कामगर्ने साथीले अस्पताल लागेका थिए । अस्पतालमा बिरामीको परिक्षनमा औंलाई कोरोना संक्रमण देखिएको थियो ।

lekbesi

चिकित्सकले बिरामी ल्याएका व्याक्तिलाई पनि चेक गर्नुपर्छ भन्दै केहीबेर अस्पतालमानै रोकेका थिए ।

तर बिरामी ल्याएर व्याक्तिलाई पनि कोरोना चेक गर्न खोजेपछि ति नेपालि भागेका थिए ।लगतै चिकित्सकले राति नै अध्यागमन प्रहरीलाई खबर गरेको थियो।

अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेर उनीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेको हो।

आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोको एक स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ।

सबै नेपालिहरु एकै कम्पनिमार्फत कृषिमा काम गर्दै आईरहेको संचारमाध्याममा उल्लेख छ ।