सल्यानका फुटबल खेलाडीको खुकुरी प्रहार गरि हत्या ,

चैत ४ ,दाङ्ग -दाङ्गमा फुटबल खेलाडीलाई एक समुहले खुकुरी प्रहरी गरि हत्या गरेको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोरा हिरा डाँगीलाई खुकुरी प्रहार गरी सोमबार हत्या गरिएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ मा बस्दै आईरहेका २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

lekbesi

तुलसीपुरका अमृत खडकालगायत ४-५ जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरेको थियो ।

खुकुरी प्रहरबाट गम्भीर घाइते भएका डाँगीको उपचारको क्रममा अम्रितु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।

घाईते डाँगीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौ पुर्‍याइएको थियो ।

काठमाडौंमा उपचारका क्रममै मुत्यु भएको डीएसपी योगीले बताए। मृतक हिरा डाँगी फुटबल खेलाडी तथा नेविसंघका नेता समेत हुन् ।

उनि राति किन तेहा पुगेको र के कारणले खुकुरी प्रहार भएको भन्ने अनुसन्धान भईरहेको योगीले बताए । खुकुरी हान्ने समुहको तिब्र खोजि भईरहेको पनि उनले बताए ।