खाना पकाउने विवादमा श्रीमतीको हत्या ,

चैत २ ,भक्तपुर – खान पकाउने र खाने विवाद हुँदा भक्तपुरमा श्रीमतीको मृतु भएको प्रहरीले बताएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेलमा श्रीमान् श्रीमती संगै बसेर मदिरा पीएर खान खाने विवाद हुँदा श्रीमान्ले श्रीमतीलाई निर्घात कुटेपछि श्रीमतीको मृतु भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।

३३ वर्षीय श्रीमान् राजन व्याञ्जूको निर्घात कुटाईबाट ३२ वर्षीया श्रीमती पवित्रा व्याञ्जू फागुन ३० गते शुक्रबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा शव फेला परेको प्रहरीले बताएको हो ।

lekbesi

उनको नाक ,मुख ,र टाउको बाट रगत बगेको पाईएको अनुसन्धानमा रहेको प्रहरी अधिकृतले बताए ।

खाना पकाउने र खाने विषयमा विवाद हुँदा श्रीमान राजनले श्रीमती पवित्रालाई लात्ती, मुक्का र दाउरासमेतले कुटपिट गर्दा मुत्यु भएको खुल्न आएको जोशीले जानकारी दिए ।

उक्त घटनापछि मृतकको दाइ प्रेमबहादुर घर्तीले प्रहरीकहाँ ज्वाइँ राजनको नाउँमा किटानी जाहेरी दर्खास्त हालेकापछि प्रहरीले राजनलाई पक्राउ गरेको बताएको हो ।

राजनले पनि आफुले श्रीमती को टाउकोमा दाउराले हानेको स्वीकार गरेका छन् ।पछिल्लो समय मधिरा देखि विभिन्न वादविवादमा घरेलु हिँसा र हत्या बढेको प्रहरीले बताएको छ ।