प्राबिधिक टोलि सहित जग्गा हेर्न भरतपुर पुग्यो धुर्मुस सुन्तली फाउन्डेसन टिम ,,
चैत १९ – काठमाडौं – भरतपुर महानगरपालिकाले उपलब्ध गराउने भनेको जग्गा अवलोकन गर्न धुर्मुस सुन्तली सहितको टोलि भरतपुर पुग्दै छन् ।त्यहा पुगेर टोलीले मेयर रेनु दाहाल ले प्रस्ताब गरेको जग्गाको अवलोकन गर्ने छ ,महानगरपालिकाले यो प्रस्ताब गरेर आफुहरुलाई मात्र नभयर सिंगो रास्ट्रका नेपालि हरुलाई खुसि तुल्यायाको धुर्मुसले बताय । त्यति मात्र नभयर विभिन्न स्थानमा प्रस्तावित जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने पनि धुर्मुसले बताए ।
धुर्मुसको टोलीमा प्राविधिकहरु समेत रहेको छन् साथै अन्य कलाकारहरु मनोज गजुरेल, कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे, गायक प्रमोद खरेल पनि छन् । सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले धुर्मुस-सुन्तली फाउन्डेसनलाई आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको बताएका थिए उक्त टोली त्यहाँ पनि पुग्ने छ ।
यो टिमले आज बिहान कीर्तिपुर र मुलपानीको मैदानको पनि धुर्मुसले अध्ययन-अवलोकन गरेका थिए किर्तिपुरको मैदान भने रंगशाला निर्माणका निम्ति पर्याप्त देखिएन । बरु मुलपानीको मैदान धेरै हिसाबले उपयुक्त देखिएको धुर्मुसको भनाइ छ ।, उनीसँग राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट पनि थिए ।

धुर्मुसले भने हामीले चाहेको जस्तो ४० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न मुलपानीमा सम्भव देखिन्छ र सुरक्षा, निर्माण सहजता लगायतका हिसाबले पनि यो उपयुक्त स्थान हो ।तर, अन्यत्र पनि जग्गा हेरेर सबैको सल्लाहमा निर्णय लिने उनी बताउँछन् । यसैबीच, रंगशालाको नाम लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम प्रस्ताव गरिएको छ । यसको नेपाली नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ टिमले जानकारी गरेको छ ।