पहिलो कोरोना संक्रमण कुकुरको मृतु मालिकनिलाई पनि कोरोना ,

चैत ६ काठमान्डौ – हङकङमा पहिलो कोरोनाभाइरस संक्रमित कुकुरको मृत्यु भएको छ।१७ वर्षीया पोमिरानियन नामक कुकुरको सोमबार मृत्यु भएको हो।

पटक-पटकको उपचारपछि फर्काइएको यो कुकुरको मृतुपछी भने मालिकले अधिकारीहरूलाई जाँच गर्न नदिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

उक्त कुकुरमा कोरोनाको संक्रमण देखिएपछि पनि क्वारेन्टिनमा राखिएको थियो। पाँच पटक मेडिकल टेष्ट गराउँदा कोरोनाभाइरसको संक्रमण देखिएको थिएन ।

lekbesi

फेरि मार्च १२ र १३ मा हङकङको पशु विभागले कुकुरको जाँच गरेको थियो। त्यो बेलामापनि कुकुरमा संक्रमण देखिएको थिएन र कुकुरलाई घर पठाईएको थियो ।

कुकुरकी मालिकनिलाई भने कोरोना संक्रमण देखिए को थियो ।६० वर्षीया मालिकमा फेब्रुअरी २५ तारिखमा कोरोनाभाइरसको संक्रमण पुष्टि गरेको थियो। ८ मार्चको उपचारपछि ति महिमा घर फर्केकी थिइन् ।

हङकङमा तीन कुकुर र एक बिरालोलाई कोरोना संक्रमण देखिएपछि पशु सेवामा राखिएको तेहाका समाचारहरुले उल्लेख गरेका छन् ।