जापान दुबई उडान आजरातीबाट बन्द ,

चैत ६ ,काठमान्डौ – जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको नियमित उडान नेपाल वायुसेवा निगमले चैत ७ मध्यरातदेखि लागू हुने गरी स्थगित गरेको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान चैत्र ३० गतेसम्मका लागि स्थगित गरिएको’ निगमले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ ।

lekbesi

तेस्तैगरि हिमालय एयरलायन्सले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं,ढाका काठमाडौं उडान अर्को सूचना नआएसम्मका लागि स्थगन गरेको सूचना जारी गरेको छ।