Simta
Simta
lekbesi

२५ जना भन्दा बढी मलामी पनि जान नपाउने ,

Gurvakot

चैत ७ ,काठमान्डौ – सरकारले पशुपतिनाथ मा २५ जना भन्दा बढी मलामी पनि नजान आग्रह गरेको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसंगै पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

पशुपतिनाथको घाटमा २५ जना भन्दा मलामी नजान सूचना दिईसकेको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए ।

lekbesi

सरकारको नियमअनुसार कोषले सुचना गरेको र उक्त नियमलाई सबैले पालना गरिदिन ढकालले जानकारी गरेको बताए ।

पशुपतिनाथ बाहिरको आरती भोलिदेखि बन्द हुने र नियमित नित्य पूजा भने नियमित चलिरहने उनले बताए ।

मन्दिरमा पुजा गर्ने भक्तजनहरुलाई हात धोएर मात्र प्रवेश गर्ने र पुजाअर्चना लगायत घाट र विद्युतीय शवदाह गृहको सरसफाइमा विशेष ध्यानपुर्याईएको कोषका कार्यकारी निर्देशक डा। घनाश्याम खतिवडाले बताए ।

Simta