यात्रु संग बढी भाडा लिने २३ जना पक्राउ ,

चैत ७ ,काठमान्डौ – यात्रु संग तोकीएको भाडा भन्दा बढी भाडा लिने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमान्डौबाट बाहिरिने यात्रुको संख्या आजदेखि बढेको महानगरीय ट्राफिक कार्यलयले जनाएको छ ।

तोकिए भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

lekbesi

कोरोना भाईरस (कोभीड १९ ) को संक्रमण विश्वमानै महामारी भएको छ । कोरोना संक्रमणबाट बच्ने भन्दै सरकारले आजदेखि शैक्षिक संस्था बन्द गरेको छ ।

यो संगै उपत्याकाका विभिनन नाकाबाट राजधानी छोड्नेको संख्या बढेको छ ।आज मात्र ६८ हजारले उपत्याका छोडेको ट्राफिक महाशाखाले जनाएको छ ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले २३ जनालाई पक्राउ गरेको बताएको छ ।