कालोबजारी गर्नेलाई ५ वर्ष जेल सजाए ,

चैत ७ ,काठमान्डौ – विभिन्न उपभोग्य सामान ,खाद्यान्न , ग्यास, पेट्रोललगायतमा कालोबजारी गरे पाँच वर्ष कैद गर्ने नेपाल सरकारले निर्णय गरेको छ ।

विश्वभर कोरोना भाइरसले त्रास उत्पन्न भइरहेको बेला विभिनन वस्तुमा कालोबजारी बढेको छ ।

यो संगै कालोबजारी गर्नेहरुमा नेपाल सरकारले अनुगमनपनि तिब्र बनाएको छ ।शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले कालोबजारी गरे पाँचवर्ष कैद गर्ने निर्णय गरेको हो ।

lekbesi

मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार बैठकले ग्याँस उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ ।