Simta
Simta
lekbesi

नेपाल सरकारबाट ९ गते देखि २१ गते यी सेवा उपलब्ध हुने ,

Gurvakot

चैत ७ ,काठमान्डौ – सरकारले चैत ९ गते देखि २१ सम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिए ।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिएका हुन् ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

lekbesi

गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न १९ सेवालाई अत्यावश्यक सेवामा राखी हड्ताल गर्न नपाउने सूचना गत असोज २७ गते राजपत्रमा प्रकाशित गरेको थियो ।

जस्तै दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण, विद्युत, औषधि निर्माण ,हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, फोहोर मैला संकलन, दाल चामल,नुन तेल,हवाई उडान ,मालसामान ओसारपसार ,अस्पताल तथा स्वास्थ्य केन्द्र संचालनका सेवा रहेका छन् ।

 

Simta