गुर्भाकोट नगरपालिकाले काल्चेमा हेल्थडेस्क संचालनमा ल्याउने ,

चैत ७ ,काठमान्डौ – (कोभिड १९ ) कोरोना संक्रमणबाट बच्न र बचाउन सल्यान सुर्खेतको सिमाना काल्चेमा हेल्थडेस्क राखिने भएको छ ।

सुर्खेत गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले यस्तो महत्वपुर्ण निर्णय गरेको हो ।

कोरोना भाईरस पुर्व तयारि स्वरुप जिल्ला विपद समितिलाई रु १ लाख सहयोग दिने पनि बैठकले निर्णय गरेको छ ।

lekbesi

सिमानामा संचालन गरिने हेल्थडेस्क संगै हात धुने ४ वटा बेसिन र गेट नजिक थप एक हेल्थडेस्क संचालनमा ल्याइने बैठकले निर्णय गरेको हो ।

नगरपालिकामा संचालित सरकारी कार्यालय देखि १८ स्वास्थ्य संस्थामा साबुन पानीले हात धुने ठाँउको स्थापना गर्ने र कोरोना संक्रमबाट बच्न बजार गाँउका बस्तीमा अमाईकिङ्ग गर्नेपनि निर्णय गरेको छ ।

तेस्तै मेहेलकुना अस्पतालमा आईसोलेसन कक्ष स्थापना गर्ने र ठाँउको अभाव भए खैरेनी मेहेलकुना सिटि हलमा समेत आईसोलेसनको स्थापना गरिने पनि बैठकले निर्णय गरेको छ ।

गुर्भाकोट नगरपालिकाका कोरोना त्रास हुन नदिन आवस्यक परे माथिल्लो निकाय समेतमा जानकारी गरिने समेत बैठकले निर्णय गरेको छ ।

चीनको हुवेई शहरबाट फैलीएको नोवेल कोरोना (कोभिड १९ ) ले हाल आएर विश्वमा महामारी फैलीएको छ ।

हाल सम्म नेपालमा भने कोरोना संक्रमण देखिएको छैन जसकोलागि नेपाल सरकारले आफ्नो कदम अगाडी बढाएको छ ।

बैठकमा नगरप्रमुख हस्त पुन उपनगरप्रमुख मैना बिक , राजनीतिक क्षेत्रका व्यक्ति कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कोरोना संक्रमणबाट बच्ने भन्दै सरकारले देशभरका शैक्षिक संस्था बन्द गरेको छ भने सार्वजानिक स्थलमा २५ जनाभन्दा बढी जम्मा नहुन र भिडभाडमा नजान आग्रह गरेको छ ।

तेस्तै नेपाल सरकारले कोरोनाको संक्रमण विश्वमा बढिरहेकोबेला नेपालमा यसको उच्चसतर्कता अपनाउदै अत्यावस्यक काम भन्दा बाहिर ननिस्कन आग्रह गरेको छ ।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिएका हुन् ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्रीको भनाइ छ ।