बन्दको बेला आफु खुसि नेपाल आउने ६२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखियो

चैत ८ ,काठमान्डौ – विभिन्न देशबाट नेपाल आएका ६२ जना नेपालिलाई खरिपाटि क्वारेन्टाइन लागियको छ ।

नेपाल सरकारले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु नेपाल आएका थिए ।

जसमा ४ महिला ७६ वर्षकी एक वृद्धपनि रहेकी छिन ।उनीहरु आफु खुसि नेपाल आएको र १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने नेपाल सरकारले बताएको छ ।

lekbesi

सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।

आज खरिपाटीमा लागिएका ६२ जना शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरका थिए ।