Simta
Simta
lekbesi

कोरोना भाईरसबाट एक नेपालिको मृतु ,

Gurvakot

चैत ८ ,काठमान्डौ – कोरोना संक्रमण (कोभिड १९ ) बाट बेलायतमा एक नेपालीको मृतु भएको पुस्टि भएको छ ।

६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।

उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको जानकारी हृयारो निवासी जयलक्ष्मी राईले बताइन् ।

lekbesi

लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।

राई मधुमेह र उच्च रक्तचापबाट पिडित थिए उनको दुई वर्ष अघि मृगौलापनि प्रत्यारोपण गरिएको थियो ।

केहिदिन अघि अस्पतालबाट फर्कीएका उनि मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए।

सिकिस्त पछि उनलाई परिवारले अस्पताल पुर्याएपनि चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

कोभिड १९ का कारण उनक मृतु भएको अस्पतालले शुक्रबार मात्र जानकारी गराएको थियो ।

अहिले लीलबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।

संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ ।वदेशमा कोरोनाबाट नेपालिको मृतु भएको यो पहिलो घटना हो ।

Simta